केन्द्रीय सदस्य शेर्पा प्रमुख रहेको नेपाली कांग्रेसको पर्यटन बिभागमा दस सदस्य मनोनीत




काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङ्गेलु शेर्पा प्रमुख रहनु भएको नेपाली कांग्रेस पर्यटन विभागमा दस सदस्य मनोनीत भएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम शेर्पा प्रमुख रहेको सो बिभागमा मंगलबार १० सदस्य मनोनीत गर्नुभएको मुख्य सचिब कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाईएको छ ।

बिज्ञप्तिमा जनाईए अनुसार सभापति देउवाले खुम सुवेदी (धादिङ),बीरबहादुर महरा(कञ्चनपुर),दिपेन्द्र पाण्डे ‘कपिल'(गोरखा),लक्की कार्की क्षेत्री(कास्की),छिरिङ डोल्मा शेर्पा(दोलखा),दिनेश मगर(ओखलढुंगा),यज्ञमूर्ति आचार्य(अर्घाखाँची),रामप्रसाद पञ्जियार(धनुषा),ईश्वर लामिछाने(स्याङ्जा) र जंगबहादुर लामा(हुम्ला) लाई पर्यटन बिभाग सदस्यमा मनोनीत गर्नुभएको छ।file foto

प्रतिक्रिया दिनुहोस्