खुम्बु बिजुली कम्पनी पुनः निर्माणका लागि कोशी प्रदेश सरकारले २० लाख सहयोग गर्ने

सोलुखुम्बु।कोशी प्रदेश सरकारले खुम्बु बिजुली कम्पनी (KBC)लाई पुनः निर्माणका लागि २० लाख सहयोग गर्ने भएको छ।

कोशी प्रदेश सभा सदस्य एबम् पूर्बमन्त्री बुद्धिकुमार राजभण्डारीको पहलमा साउन ३२ गते खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं-५ को थामेमा आएको बाढीका कारण क्षतिग्रस्त कम्पनी पुनः निर्माणका लागि प्रदेश सरकारले सो सहयोग गर्ने भएको हो।
यसैगरी थामेमा खानेपानी पुनः सञ्चालनका लागि लाग्ने पाईप खानेपानी,सिन्चाई तथा उर्जा मन्त्रालयले उपलब्ध गराउने सहमति भएको प्रदेश सभा सदस्य राजभण्डारीले जानकारी दिएका छन्।
कोशी प्रदेश प्रमुख हिक्मत कुमार कार्कीको निर्देशनमा मन्त्रीत्रय एकराज कार्की, पांचकर्ण राई, लिलावल्ब अधिकारी र सम्वन्धित मन्त्रालयका सचिबहरु संग भेट गरी मंगलबार सो सहमति भएको उल्लेख गर्दै राजभण्डारीले भोलि अन्य मन्त्रालयलाई समेत आग्रह गर्ने बताएका छन्।

