न्वागीको अवसरमा दुई दिन सार्वजनिक बिदा

हेटौंडा।मकवानपुरको राक्सिराङ गाउँपालिकाले भदौ २१ र २२ गते दुई दिन सार्वजनिक बिदा दिएको छ ।

सीमान्तकृत समुदाय चेपाङको बाहुल्यता रहेको राक्सिराङमा छोनामा अर्थात् न्वागीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको हो ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लद्वारा हस्तक्षरित सूचनामार्फत सार्वजनिक बिदाको बारेमा जानकारी गराइएको हो ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले उक्त दिन गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय एवम् शिक्षण संस्थाहरूमा बन्द हुने जानकारी दिनुभयो ।

