ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालमा मिश्रित परिणाम,अध्यक्षमा पाण्डे,वरिष्ठ उपाध्यक्षमा शेर्पा
काठमाडौं।ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा मिश्रित परिणाम आएको छ।

आगामी कार्यकालका लागि सोमबार भएको निर्बाचनमा अध्यक्षमा माओवादी प्यानलका सागर पाण्डे अध्यक्ष र काँग्रेस-एमाले गठबन्धनबाट कर्मा शेर्पा वरिष्ठ उपाध्यक्षमा निर्बाचित भएका छन्।
प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल,द्वितीय उपाध्यक्षमा सनम शेर्पा,सचिव पदमा रिञ्जी जाङबु शेर्पा,कोषाध्यक्षमा गौतम राज वाग्ले,सह-कोषाद्य्क्ष लाक्पा तेम्बा शेर्पा कांग्रेस एमाले गठबन्धन
बाट निर्बाचित भएका छन् भने महासचिवमा पाण्डे समूहकै सोनाम ग्याल्जेन शेर्पा निर्बाचित भएका छन्।
सदस्यमा पनि मिश्रित परिणाम नै आएको छ। सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएको टान निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय सदस्यहरुमा अम्बिरबहादुर गुरुङ,विनोद कुमार तामाङ,होमबहादुर विश्कर्मा,फुर्पु छिरिङ ल्होमी(भोटे), विकास गुरुङ,सागर राई छाप्ते लामा र राजु गुरुङ विजयी भएका छन् ।