‘सोह्रै सिंगार लाएँ’ गीतको भिडियो सार्बजनिक




काठमाडौं १५ भाद्र । नारीपर्व तीज लक्षित सांगीतिक कोसेली ‘सोह्रै सिंगार लाएँ’ गीतको भिडियो ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक भएको छ ।

दिनेशराज पुरीको शब्द, नारायण थापा र आश्मा दुलालको स्वर समेटिएको ‘सोह्रै सिंगार लाएँ’ गीतको एरेन्जर राजेन्द्र बजगाईले गरेका हुन् । सुरज गराच, प्रतिक्षा काफ्ले, गणेश थापा, सुनिता संग्रौला आदिको अभिनय रहेको भिडियो बिजयराज भुर्तेलले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्