पलेशालाई बधाई दिँदै के लेखे शीर्ष नेताले सामाजिक सञ्जालमा?
काठमाडौं । पेरिस पाराओलम्पिकमा ऐतिहासिक काष्य पदक दिलाएकी पलेशा गोवर्धनलाई प्रमुख राजनीतिक दलका तीन शीर्ष नेताले बधाई दिएका छन्।
शुक्रबार राति भएको प्रतिस्पर्धामा ४४ क्याटागोरी अन्तर्गत महिला ५७ केजी मुनि तौलमा सर्बियाकी मारिया मिसेभलाई १५–८ ले हराएर नेपाललाई पदक दिलाउन सफल पलेशालाई नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति एबम पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्।
सामाजिक सञ्जालमामार्फत बधाई दिँदै प्रधानमन्त्री ओलीले स्टाटस लेखेका छन् ,‘पेरिस पाराओलम्पिकमा नेपालले कांस्य पदक प्राप्त गरेको छ,पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बधाई।’
कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘पलेशा गोवद्र्धनको ऐतिहासिक उपलब्धि नेपालका लागि गर्वको विषय हो’देउवाले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘नेपालकी पलेशा गोवद्र्धनले पाराओलम्पिक खेलकुदमा पदक जित्ने हिमाली एसियाली राष्ट्रबाट पहिलो खेलाडी बनेर इतिहासे रेचिकी छन्’ प्रचण्डले लेखेका छन्, ‘पलेशालाई यस उल्लेखनीय उपलब्धिका लागि बधाइ छ, जसले सम्पूर्ण नेपालीहरुलाई गौरवान्वित बनाएको छ ।