पर्वतीय प्रशिक्षण प्रतिष्ठान स्वायत्त राख्न माग गर्दै एमाले सोलुले गर्यो अर्थमन्त्री पौडेलको ध्यानाकर्षण

काठमाडौं।नेकपा एमाले सोलुुखुम्बुले पर्बतीय प्रशिक्षण प्रतिष्ठान तथा नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान एकै स्थानमा गाभिन नहुने भन्दै अर्थमन्त्री बिष्णु पौडेलको ध्यानाकर्षण गराएको छ।

पूर्ब प्रदेशमन्त्री एबम कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी नेतृत्वको एक प्रतिनिधि मण्डलले आइतबार अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै सोलखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ७ गार्मामा स्थापित प्रतिष्ठानको आवश्यक भवन तथा पुर्वाधार निर्माण भई संचालनको तयारी अवस्थामा रहेकाले प्रतिष्ठानलाई स्वायत्त निकायका रुपमा नै संचालन गरिनु पर्ने भन्दै ध्यानाकर्षण गराएको हो ।
प्रतिष्ठानलाई नेपाल पर्यटन तगा होटल ब्यवस्थापन प्रतिष्ठानसँग गाभ्ने
आर्थिक बर्ष २०८०/८१ को बजेटको ब्यबस्था अनुसार संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले हाल प्रक्रिया अगाडी बढाई निर्णयार्थ रहेको भन्दै ध्यानाकर्षण पत्रमा पर्वतीय प्रतिष्ठान हिमाल आरोहण तथा साहसिक पर्वतीय पर्यटन जस्तो सम्बेदनशील बिषय र छुट्टै पहिचान भएकाले अन्य निकायसँग गाभिन नहुने उल्लेख गरिएको छ ।
२०५८ सालमा नै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको मातहतमा रहने गरी पर्वतिय प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन गरी स्थानियको २ हजार ७ सय ४७ रोपनी जग्गा अधिग्रहण गरी पर्वतिय तथा साहसिक पर्यटन र हिमाल आरोहणको क्षेत्रमा समेत बिशिष्टकृत तालिम तथा उच्च शिक्षा अध्ययनको कार्यक्रम संचालनका लागि नेपाल सरकारबाट नै २३ करोड ५० लाख रुपैंया भन्दा बढी लगानी भई सकेको छ । निर्माण तथा पुर्वाधार तयारीका कार्य सम्पन्न भएता पनि बिबिध कारणबस प्रतिष्ठानले आफ्नो कार्यक्रम संचालन भने हालसम्म गरेको छैन ।
ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री बिष्णु पौडेलले यस बिषयमा छलफल भईरहेको तथा दुई वटा प्रतिष्ठानलाई एउटै बनाउन नहुने बिषयमा सरकार सकारात्मक रही यस बिषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीसँग नै छलफल भईरहेको बताउनुभयो ।
सो ध्यानाकर्षण पत्र बोधार्थका रूपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा रक्षा मन्त्रालयलाई समेत पेश गरिएको जिल्ला कमिटी सचिव कल्पना राईले जानकारी दिइन ।
प्रतिनिधि मण्डलमा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य डीबी रानापाल,सोलुखुम्बु जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला,युवा संघका केन्द्रीय सदस्य प्रवेश किराँती लगायत सहभागी थिए।

