चेतना विस्तार सार्वजनिक पुस्तकालय नेचासल्यानले वक्तृत्वकला र मौलिक सङ्गिनी गीत प्रतियोगिता गर्ने

सोलुखुम्बु।चेतना विस्तार युवा परिवार द्वारासञ्चालित चेतना विस्तार सार्वजनिक पुस्तकालयले भाद्र १५ गते वक्तृत्वकला र मौलिक सङ्गिनी गीत प्रतियोगिता आयोजना गर्ने भएको छ।

१७ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा आयोजना गर्न लागिएको खुला वक्तृत्वकला प्रतियोगिताका लागि ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ विषय र पुस्तक र पुस्तकालयको महत्व सम्बन्धी शब्द चयनमा मौलिक सङ्गिनी गित प्रतियोगिता सञ्चालन गरिने पुष्तकालयका अध्यक्ष छवि बास्तोलाले जानकारी दिनुभयो।
‘कला,संस्कृति र साहित्यको साधना, वातावरण संरक्षण र सामाजिक परिवर्तन हाम्रो चाहाना’ भन्ने मुल नारासहित नेचासल्यान-४ मा स्थापित सो संस्थाले वक्तृत्वकला खुला प्रतियोगिता तर्फ प्रथम,द्वितीय र तृतीय हुनेलाई क्रमशः .१ हजार ५००, १ हजार र ५०० का साथमा प्रमाणपत्र र संगिनीतर्फ प्रथम हुनेलाई ४ हजार द्वितीयलाई ३ हजार,तृतीयलाई २ हजार र सान्त्वना स्वरुप १ हजारको साथमा प्रमाणपत्र प्रदान गरिने जनाएको छ।
संस्थागत तथा खुला रुपमा सहभागी हुन सकिने प्रतियोगितामा सङ्गिनी गीततर्फ पुस्तक र पुस्तकालयको महत्व तथा पठन संस्कारलाई शब्द चयन गर्नु पर्ने,गीत सङ्गिनीको भाकामा हुनु पर्ने र
न्युनतम ३ देखि ५ जनाको समूह हुनु पर्ने आयोजकले जनाएको छ।

