दोरम्बा शैलुङ गाउँपालिकामा बाढीपहिरोमा परी ८ जना बेपत्ता, दुई जनाको मृत्यु



काठमाडौं।रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा भारी बर्षा हुँदा आएको बाढीपहिरोले ठुलो क्षति पुर्‍याएको छ।गए राती आएको बर्षाका कारण पहिरो आउँदा लेखर्क्रमा ४ घर बगाएको छ भने ८ जना वेपत्ता भएका छन्। २ जाको शव भेटिएको छ। एक बाललको जिवितै उद्धार गरिएको छ।

गएराति १ बजेतिर उक्त गाउँपलिकाको लेकखर्मा पहिरोमा परेर ८ जना वेपत्ता भएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्।गएराति पहिरो गएको र घर बगाएको जानकारी पाए लगत्तै घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रहरीका अनुसार दोरम्बा गाउँपालिका वडा नम्बर ३ र २ को बीचमा रहेको पक्की पुल पनि बगाएको छ। मन्थलीबाट गएको टोली पुल बगाएकाले घटनास्थलमा पुग्न सकेको छैन। दोरम्बाबाट हिँडेको टोली केही समयमै घटनास्थलमा पुग्ने प्रहरी कार्यालयले जानकारी दिएको छ।

पहिरो गएपछि त्रासले टोकरपुरबासी रातभर जागै बसेका थिए। थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्