जबरजस्ती करणी गरेको अभियोगमा छुट्टाछुट्टै ठाउँबाट तीन जना पक्राउ



काठमाडौं।प्युठानमा ७ बर्षीया बालकिालाई जबरजस्ती करणी गरेको अभियोगमा मल्लरानी गाउँपालिका-२ नाकेटाकुरा बस्ने १९ वर्षीय केशव घर्तीमगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

केशवले ती बालिकालाई आफ्‌नै गोठमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबरका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। कार्यालय प्युठानबाट खटएिको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उता,६६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको पूर्बखोला गाउँपालिका-१ का धनबहादुर कामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। धन बहादुरले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जबगादी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

पाल्पामै १६ वर्षीया कशिोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालकिा-७ कुन्सरे बस्ने ४३ वर्षीय ईन्द्रबरि झेडीलाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ।

झेडीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी प्रभास र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमाआवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्