हतियार प्रयोग गरी सर्लाहीमा पूर्बराज्यमन्त्री रायको हत्या

सर्लाही।पूर्वसांसद तथा राज्यमन्त्री रामचन्द्र रायको अपरिचित समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको छ ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति उनको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनी राप्रपाबाट निर्वाचित सांसद थिए ।
घरमा सुतिरहेको अवस्थामा अपरिचित समूहले उनको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको उनले बताए ।
८० वर्षीय रायको हत्याबारे जानकारी पाउनासाथ मधेस प्रदेशका डिआईजी यज्ञ विनोद पोखरेल र सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्र बहादुर सिंहसहितको टोली घटनास्थल पुगेका थिए ।
-सांकेतिक तस्बिर

