बीपी चिन्तन प्रतिष्ठान सोलुखुम्बुको अध्यक्षमा कैलाश केसी मनोनीत



सोलुखुम्बु।बीपी चिन्तन प्रतिष्ठान सोलुखुम्बु जिल्ला शाखाको अध्यक्षमा कैलाश केसी मनोनीत भएका छन्।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष हरिबोल भट्टराईले प्रतिष्ठानको विधान २०५१ संशोधित विधान २०८०) बमोजिम जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका केसीलाई अध्यक्षमा मनोनीत गरेका हुन्।उनलाई जिल्ला शाखा बिस्तार गरी सो को जानकारी केन्द्रमा पठाउने गरि कार्यदेश दिइएको प्रतिष्ठानले जनाएको छ।

भट्टराईले नेपालको प्रजातान्त्रिक आन्दोलनका युगद्रष्टा, राजनेता, प्रजातन्त्र र समाजवादका प्रवर्तक जननायक बी पी कोइरालाका विचारहरु जनस्तरसम्म पुर्‍याई यो देशलाई एउटा सबल,स्वच्छ र समृद्ध समाजको रुपमा रुपन्तरण गर्ने उद्देश्यद्वारा प्रतिष्ठान स्थापित भएको स्मरण गराउँदै केसीको मनोनयनबाट प्रतिष्ठानले आफ्नो उद्देश्य प्राप्तिको दिशामा अवश्य पनि ठूलो फड्को मार्न सफलता प्राप्त गर्ने बिश्वास समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्