सोलुदुधकुण्ड नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, ७५ करोड बढी बजेट पारित
सोलुखुम्बु । सोलुखुम्बुको एकमात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाले ७५ करोड ४२ लाख ७३ हजार एक १ सय ५६ रुपैयाँको बजेट पारित गरेको छ।

नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा आइतबार सम्पन्न १४ औं नगर सभाले सर्वसम्मत रूपमा बजेट पारित गरेको हो । नगरपालिकाले जनाए अनुसार आगामी आर्थिक वर्ष २०८१/८२ का लागि चालुतर्फ ४५ करोड २२ लाख ८८ हजार १ सय ५६ रुपैयाँ र पूँजीगततर्फ ३० करोड १९ लाख ८५ हजार गरी जम्मा ७५ करोड ४२ लाख ७३ हजार एक १ सय ५६ रुपैयाँ विनियोजन गरिएको छ ।
स्वास्थ्यतर्फ शसर्त ४ करोड २४ लाख, वडातर्फ १६ लाख ५० हजार रुपैयाँ, कृषि तथा पशु तर्फ ९९ लाख १७ हजार र वडातर्फ १६ लाख ५० हजार रुपैयाँ लघु उद्यम रोजगार र पञ्जीकरण शाखामा शसर्त १ करोड ३२ लाख ४ हजार रुपैयाँ रकम छट्टाइएको छ ।
लक्षित वर्गतर्फ शसर्त ८१ लाख ५७ हजार वडातर्फ ३६ लाख ५० हजार सडक तथा पुलतर्फ शसर्त ४ करोड ४० लाख र वडातर्फ १ करोड १४ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ । भवनतर्फ नगरस्तर तथा शसर्त १२ करोड ६ लाख र वडातर्फ ३१ लाख ५० पचास हजार खानेपानीतर्फ नगरस्तर तथा शसर्त ३४ लाख ५० हजार र वडातर्फ १५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

खेलकुदतर्फ नगरस्तर तथा शसर्त ३३ लाख र वडातर्फ १५ लाख यस्तै, धर्म संस्कृति तथा पर्यटनतर्फ नगरस्तर तथा शसर्त रु. २ करोड ८४ लाख र वडातर्फ ३८ लाख ३५ हजार नगरपालिकाको बजार व्यवस्थापनतर्फ नगरस्तर तथा शसर्त २ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
वातावरण तथा विपद्तर्फ नगरस्तर तथा शसर्त ४१ लाख ५० हजार र वडातर्फ १८ लाख ८० हजार यस्तै संचार सहयोगतर्फ नगरस्तर तथा शसर्त १५ लाख रुपैयाँ रकम विनियोजन भएको नगरपालिकाले जनाएको छ । समपुरकतर्फ नगरस्तर तथा शसर्त २ करोड ३५ लाख र वडातर्फ ८ लाख रुपैयाँ विनियोजन गरिएको सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धीमाया तामाङले जानकारी दिनुभयो ।
नगरपालिकाको प्रशासनिक खर्चतर्फ नगरस्तर तथा शसर्त ११ करोड ८३ लाख ९९ हजार १ सय ५६ र वडातर्फ १ करोड ४ लाख ६५ हजार गरेर १२ करोड ८८ लाख ६४ हजार १ सय रुपैयाँ विनियोजन गरिएको उहाँको भनाइ छ ।


