कालोधनलाई सेतो बनाउन मन्त्रीहरु नै हुण्डी कारोबारमा संलग्न रहेको साहको आरोप



काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कालोधनलाई सेता बनाउन सरकारका मन्त्रीहरू नै कानुनले प्रतिबन्ध लगाएको हुन्डी कारोबारमा संलग्न रहेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष साहले सरकारका मन्त्री,उच्च ओहोदाका कर्मचारी र ठूल्ठूला व्यापारिक घरानाले मिलेर हुन्डी कारोबारको सञ्जाल नै बनाएको जिकिर गरे । “आज हुन्डी कारोबारले गर्दा देश खोक्रो भइसक्यो । अर्थतन्त्र तहसनहस छ । भ्रष्टाचार दिन दहाडै बढ्दो छ । कालो धनलाई सेतो बनाउने सहज भएपछि भ्रष्टाचार रोक्ने होइन, आकर्षित भइरहेको छ । अपराधका घटनाहरू हुन्डी कारोबारका कारण बढ्दो छ । हुन्डी कारोबारका कारण कालो धन सफेद हुने अवस्था छ । सरकार आफैँ हुन्डी कारोबारमा संलग्न छ,” उनले भने ।

अध्यक्ष साहले बैंकहरू समेत हुन्डी कारोबारमा संलग्न देखिएको भन्दै आपत्ति जनाए ।हुन्डी कारोबारकै कारण राजस्व छली हुने गरेको उल्लेख गर्दै उनले त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्