जीवन ज्योति माबि नेलेमा नेबिसंघको इकाई समिति गठन



सोलुखुम्बु।नेपाल विद्यार्थी संघले थुलुङ दुधकोशी गाउँपालिका १ नेलेस्थित जीवन ज्योति माध्यमिक विद्यालयमा इकाई समिति गठन गरेको छ।

नेपाली कांग्रेस सोलुखुम्बुका युवा नेताहरु कुमार खड्का,द्रोण बास्तोला, थुलुङदुधकोशी वडा नं १ का उपसभापति कर्णबहादुर खड्का,सचिव साजन घले र सहचिव लाक्पा शेर्पा लगायतको उपस्थितिमा गठित ९५ सदस्यीय सो समितिको अध्यक्षमा सुजन तामाङ रहेको नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति सचिब मोहन कृष्ण निरौलाले जानकारी दिए।

कार्यक्रममा बक्ताहरुले नेपाल विद्यार्थी संघलाई समय सापेक्ष ढङ्गबाट संगठन निर्माण सङ्गसङ्गै रचनात्मक कार्यक्रममा पनि जोड दिनुपर्ने धारणा व्यक्त गरेको निरौलाले बताए।

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सोलुखुम्बुका सचीव मोहन कृष्ण निरौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्