काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित,यस्तो छ प्रमुख बालेनको प्रस्टीकरण



काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा बैठक स्थगित गरिएको छ । पार्टीका जनप्रतिनिधिहरु र मेयरबीच विवाद भएपछि सूचना निकालेर बैठक स्थगित गरिएको हो ।

महानगरपालिका मेयर बालेन्द्र शाहले आज नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न नगरसभा बैठक बोलाएका थिए । गत सोमबारको नगरसभा बैठकमा चार दलका जनप्रतिनिधिले नीति तथा कार्यक्रममा साझा संशोधन हाले पनि त्यसलाई बालेनले स्वीकार गरेका थिएनन् ।बालेनले फेसबुकमा स्टाटस लेख्दै कांग्रेस-एमालेले बैठक रोकेको आरोप लगाएका छन् ।

बालेनले भनेका छन्,-‘एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो ।’

प्रतिक्रिया दिनुहोस्