सोलुदुधकुण्डले ल्यायो ६७ करोडको बजेट,पहिलो कार्यकालको उपलब्धिको दस्तावेज पनि सार्बजनिक



सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ६७ करोड ६२ लाख ९३ हजार ९९८ रुपैयाँको बजेट सार्बजनिक गरेको छ।

नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा सोमबार आयोजना गरिएको नगरसभाको १४ औं अधिवेशनमा बजेटसंगैआगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, र सोलुदुधकुण्ड नगरपालिकाको सार्वजनिक निजि साझेदारी विधेयक प्रस्तुत गरिएको सोलुदुधकुण्ड नगरपालिकाले जनाएको छ।

बजेटमा संघीय शसर्त ३ करो ४० लाख, संघीय समपुरक ८० लाख, प्रदेश समपुरक एक करोड ३० लाख, प्रदेश शसर्त ६० लाख, वडा तर्फको पुँजीगत योजनातर्फ तीन करोड ८५ लाख, नगरस्तरीय योजना १२ करोड २१ लाख ५४ हजार रुपैयाँ,रहेको छ ।उक्त बजेटमा ४५ करोड ४६ लाख २९ हजार ९९८ रुपैयाँ चालु र २२ करोड १६ लाख ६४ हजार रुपैयाँ पुँजीगत रहेको जनाइएको छ ।

सभामा नगरपालिकाले पहिलो कार्यकालमा हासिल गरेको मुख्य मुख्य उपलब्धिको दस्तावेज ‘सोलुदुधकुण्ड नगरपालिकाको पाँच बर्ष’ नामक पुस्तक समेत सार्बजनिक गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्