बाँसको मुङ्ग्रो प्रहार गरी आफ्नै बहिनीको हत्या गर्ने दाजु पक्राउ
रौतहट।आफ्नै बहिनी २० वर्षीया तेतरी कुमारी रामको हत्या गरेको अभियोगमा प्रहरीले उनकै दाईलाई पक्राउ गरेको छ।हत्या अभियोगमा परोहा-८ नरकटिया टोल बस्ने २२ वर्षीय दीपन्द्र कुमार रामलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दीपन्द्र कुमारले घरायसी विवादको कारण रिस आवेगमा आई बाँसको मुङ्ग्रोले प्रहार गर्दा गम्भीर घाइते भएकी तेतरीको वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
उनी उपर ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको जनाईएको छ।

