सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी ललितपुरबाट पक्राउ



काठमाडौँ।सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभू चसिडोल बस्ने ३७ वर्षीय विकास राउत छन्।

जिल्ला अदालत काठमाडौँबाट २०६६ पुस २६ गते उक्त मुद्दामा ५ महिना १५ दिन कैद र २५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर लुभू चसिडोलबाट आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको प्रहरीले जनाएको छ।(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्