गृह सचिव अर्याल नेतृत्वको ५ सदस्यीय टोली न्युयोर्क प्रस्थान



काठमाडौं।गृह सचिव एक नारायण अर्याल नेतृत्वको ५ सदस्यीय नेपाली प्रतिनिधि मण्डल अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेको छ।

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा असार १२ देखि १३ गतेसम्म संचालन हुने चौथो United Nations Chiefs of Police Summit (UNCOPS) मा सहभागी हुन सो टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो।

गृह सचिव अर्याल नेतृत्वको सो टोलीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल,प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक समेत त्यसतर्फ प्रस्थान गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उक्त समिटमा Novel approaches to peace operations and potential domains of conflict, Preventing conflict and violence and sustaining peace, Strengthening peace operations and peace enforcement लगायतका एजेण्डामा छलफल हुने कार्यक्रम रहेको छ ।

सो अवसरमा गृह सचिव अर्याल समेतको प्रतिनिधि मण्डलले संयुक्त राष्ट्र संघका उपमहासचिवहरू,प्रहरी सल्लाहकार तथा संयुक्त राष्ट्र संघका उच्च पदस्थ अधिकृतहरू एवम् टर्की, फ्रान्स, युके, क्यानडा,युएसए, साउथ कोरिया, नाइजेरिया, घाना लगायतका देशका प्रतिनिधिहरूसँग दुई पक्षीय, बहुपक्षीय भेटघाट गरी संयुक्त राष्ट्र संघमा नेपाल प्रहरीको सहभागिता एवम् साझा सुरक्षाको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्