४ किलो ५०४ ग्राम कोकिनसहित ४ जना विदेशी नागरिक पक्राउ



काठमाडौँ।अवैध लागूऔषध कोकिन ४ किलो ५ सय ४ ग्रामसहित ४ जना विदेशी नागरिकहरूलाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तान्जानियन नागरिक ६८ वर्षीय DONALD JACKSON MABUGA,बोलिभियन नागरिक ३३ वर्षीया LAURA CRUZ TICONA, भेनेजुलियन नागरिक ३९ वर्षीय SIMON ANTONIO ALFONZO RADA र भारतीय नागरिक २७ वर्षीया LALRUATSANGI रहेका छन् ।

काठमाडौं महानगरपालिका-१६ ठमेलस्थित होटलबाट DONALD लाई १ केजी २ सय ६ ग्राम कोकिनसहित जेठ २७ गते पक्राउ गरेको हो। फ्लाई दुबईको उडानद्वारा नेपाल आएका उनलाई १८ क्याप्सुल कोकिन सहित पक्राउ गरिएको थियो । थप अनुसन्धानको क्रममा उनले कोकिनका क्याप्सुलहरू निलेर काठमाडौं आएको खुल्न पश्चात नेपाल प्रहरी अस्पताल महाराजगंज लगिएकोमा थप ५९ क्याप्सुलहरू समेत गरी जम्मा ७७ वटा क्याप्सुलहरूबाट उक्त परिमाणको कोकिन बरामद गरिएको हो । हाल उनको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।

यसैगरी इमिरेट्सको उडानद्वारा ब्राजिल हुँदै काठमाडौं आएकी LAURA CRUZ लाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट महिलाहरूले प्रयोग गर्ने १ सय २१ वटा फेन्सी लुगाहरूमा भएका बटनहरूभित्र लुकाई छिपाई राखिएको २ किलो १ सय ग्राम कोकिन सहित जेठ ३० गते पक्राउ गरेको हो ।

यस्तै कतार एअरको उडानद्वारा नेपाल आएका SIMON ANTONIO लाई काठमाडौं महानगरपालिका-२६ स्थित होटलबाट ९२ वटा क्यासुलबाट १ किलो १ सय ९८ ग्राम कोकिनसहित असार ४ गते पक्राउ गरेको हो। अनुसन्धानको क्रममा निजले उक्त क्यासुलहरू ब्राजिलको सापाउलोबाट निलेर पेटभित्र लुकाई छिपाई गरी ल्याएको खुल्न आएको छ। साथै उक्त कोकिनका क्यासुलहरू डेलिभरी दिने क्रममा LALRUATSANGI लाई समेत सोही स्थानबाट पक्राउ गरेको हो। उनले उक्त कोकिनका क्यासुलहरू भारतको नयाँ दिल्ली सम्म लैजान लागेको समेत अनुसन्धानबाट खुल्न आएको छ।

उनीहरू उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारवाही भइरहेको लागूऔषध

प्रतिक्रिया दिनुहोस्