जय नेपाल फाउन्डेसन सोलुखुम्बुले पायो पूर्णता,गाउँपालिका संयोजक समेत तोकिए



सोलुखुम्बु।जय नेपाल फाउन्डेसन जिल्ला समिति सोलुखुम्बुले पूर्णता पाएको छ।

बद्री अर्याल अध्यक्ष र बासु कोइराला कोशी प्रदेश संयोजक रहेको फाउन्डेसनले सोलुखुम्बु जिल्ला संयोजकमा नवीन थापालाई संयोजक तोकेको लामो समयपछि जिल्ला समितिलाई पूर्णता दिइएको हो।सोलुखुम्बु जिल्ला समितिमा सदस्य सचिब बाबुराम आचार्य,प्रदेश क्षेत्र क को संयोजकमा बिना राई र ख को संयोजकमा फुनुरु शेर्पालाई तोकिएको छ।उनीहरू दुबै जना जिल्ला सदस्य रहेको संयोजक थापाले जानकारी बताए।

थापाका अनुसार समितिका जिल्ला सदस्यहरुलाई गाउँ संयोजकको जिम्मेवारी समेत दिइएको छ।जस अनुसार कर्ण बहादुर बिकलाई माप्यदुधकोशी,टार्जन कुलुङ्गलाई महाकुलुङ्ग,सुबास राईलाई थुलुङ दुधकोशी र पारस बस्नेतलाई लिखुपिके गाउँपालिका संयोजक तोकिएको छ।

यसैगरी,मिङ्‌मा शेर्पालाई खुम्बु पासाङ ल्हामू,रोहित नाछिरिङ्गलाई सोताङ,मोहनकृष्ण निरौलालाई नेचासल्यान, हिरा बिकलाई सोलुदुधकुण्ड नगरपालिका तथा जनजाति महिला समन्वय समितिमा अरुणा कुलुङ र दलित महिला समन्वय समितिमा अमृता बगदासलाई संयोजकको जिम्मेवारी दिइएको थापाले बताए।

प्रतिक्रिया दिनुहोस्