एनजीओ/आईएनजीओको सहयोगबारे बोल्यो संसद सचिवालय



काठमाडौं।प्रतिनिधिसभा अन्तर्गतको राज्य ब्यबस्था समितिको बैठक एनजीओको खाजाका कारण विवादमा आएपछि संसद सचिवालयले एनजीओ/आईएनजीओको सहयोगमा सतर्क रहन संसद्का समिति सचिवहरूलाई पत्राचार गरेको छ ।

मंगलबार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको निर्देशनमा संसद् सचिवालयका महासचिव पद्मप्रसद पाण्डेयले सबै समितिका सचिवहरूलाई पत्र पठाएका हुन् ।

पत्रमा‘संघीय संसद्को संस्थागत जानकारी एवं अनुमति बिना कतिपय गैरसरकारी संस्था (एनजीओ/आईएनजीओ)हरूले संघीय संसद् अन्तर्गतका समितिहरू तथा सचिवालयलाई सहयोग गर्ने, माननीय सदस्यहरूको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पार्ने गरेको भन्ने गुनासाहरू’को स्मरण गराइएको छ ।

त्यस्ता गुनासाहरूको सन्दर्भमा समय समयमा सतर्क गराउँदै आएको भए तापनि यस्ता गुनासाहरू पुनः आइरहेको हुँदा पुनः पत्राचार गरिएको भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्