श्रीमतीको हत्या गरी खोल्साको छेउमा फाल्ने एक युवा पक्राउ
धनुषा।आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा धनुषामा एक युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमाक्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बस्ने ३८ वर्षीय राज नारायण यादव छन्।श्रीमती ३६ वर्षीया रूबी यादवको हत्या गरेको अभियोगमा शनिबार राति उनलाई इलाका प्रहरी कार्यालय
ढल्केबरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
राज नारायणले आफ्नै श्रीमतीको हत्या गरी मिथिला नगरपालिका-५ स्थित औरही खोला बाबाको मन्दिर छेउको खोल्सामा फालेको खुल्न आएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।(सांकेतिक तस्बिर)

