सुतिरहेको कोठा पहिरोले बगाउँदा संखुवासभामा एक जनाको मृत्यु,दुईजना घाइते



संखुवासभा।पहिरोले पुरिएर संखुवासभामा एकजनाको मृत्युु भएको छ।

चिचिला गाउँपालिका-३ स्थित अरूण तेस्रो जलविद्युत आयोजनाको अडिट थ्रि बेस क्याम्पमा अविरल वर्षाको कारण गएराति आएको पहिरोमा पुरिएर सोही जलविद्युत आयोजनामा काम गरी बस्ने बर्दिया बारबर्दिया नगरपालिका-४ घोराभिट्टा घर भएका २१ वर्षीय गंगाराम थारूको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त पहिरोले बेस क्याम्प हाईड्रोमा काम गर्ने मानिसहरू बस्ने १४ वटा कोठामध्ये ३ वटा कोठा बगाउँदा कोठामा सुतिरहेका थारूको पुरिएर मृत्यु भएको हो। साथै पहिरोमा पुरिएर घाइते भएका २ जनाको हाईड्रोको क्लिनिकमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय हेद‌नाबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्