गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए बिश्वासको मत,देवकोटाको पद धरापमा



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री पाण्डेले सोमबार ‘विश्वासको मत पाउँ’ भनि प्रदेश सभामा राखेको प्रस्तावको पक्षमा ठीक्क बहुमत अर्थात् ३१ सांसदले मतदान गरेका छन् भने विपक्षमा २८ प्रदेश सभा सदस्यले मतदान गरेका छन्।

६० सदस्यीय गण्डकी प्रदेशसभामा उनले आफ्नै दल नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २, नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) का नेता फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङे ऊर्फ राजीव गुरुङले गरि ३१ मत पाएका हुन्।

पाण्डेलाई बिश्वासको मत दिएका देवकोटाको भने प्रदेश सभा सदस्य पद धरापमा परेको छ।माओवादी केन्द्रले भने देवकोटा आफ्नै सांसद भएको दाबी गर्दै ह्वीप जारी गरेको र त्यो सबै आफ्ना सांसदप्रति आकर्षित हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्