जसपा नेपाल बिभाजन सम्बन्धि मुद्दा पूर्ण इजलासमा पठाउने आदेश
काठमाडौं।जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) विभाजनसम्बन्धी सर्वोच्च अदालतमा दायर रिट पूर्ण इजलासमा पठाउन आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार सुनुवाइपछि पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दलसम्बन्धी ऐन निष्क्रिय रहेका बेला निर्वाचन आयोगले कुनै कानुनअनुसार अशोक राईको नेतृत्वमा दल दर्ता गरेको हो भन्ने जिकिर गरी निर्वाचन आयोगलगायत विरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन् । सो रिटमाथि यसअघि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
अशोक राईको नेतृत्वमा जसपा विभाजन भई सात जना सांसद आईको पक्षमा गएका छन् । निर्वाचन आयोगले राई नेतृत्वको जसपालाई मान्यता दिई दर्ता गरिसकेको छ ।

