१६ बर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



पाल्पा।१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-५ पारी बेझाड बस्ने २५ वर्षीय विक्की दमाईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

दमाईले ती किशोरीलाई ललाई फकाई जेठ ३ गते आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्