भारतीय प्रधानमन्त्री मोदीको सपथमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन उनी आइतबार नयाँ दिल्ली जाने भएका हुन्।तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका मोदीले आइतबार साँझ ७:१५ बजे शपथ लिने कार्यक्रम छ।
परराष्ट्र मन्त्रालयले जानकारी दिदै प्रधानमन्त्री प्रचण्ड आइतबार दिल्लीतर्फ प्रस्थान गर्ने र सोमबार स्वदेश फर्किने बताएको छ ।प्रधानमन्त्रीसँग उनकी छोरी गंगा दाहाल,कानुनमन्त्री पदम गिरी र अन्य सरकारी उच्च अधिकारी पनि भारत जाने परराष्ट्रले जनाएको छ ।

