नेकपा एमाले थुलुङ दुधकोशीको दोश्रो अधिबेशन सम्पन्न,अध्यक्षमा भुपालसिं सर्बसम्मत
सोलुखुम्बु । नेकपा एमाले थुलुङ दुधकोशी गाउँपालिका कमिटीको दोश्रो अधिबेशनले २५ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन गरेको छ।

पालिका सभाहल मुक्लीमा बिहिवार सम्पन्न अधिबेशनले भुपाल सिं राईको अध्यक्षतामा नयाँ कमिटी निर्बाचित गरेको हो।उनी यसअघि पनि सो पालिका कमिटीको अध्यक्ष थिए।कमिटीको नव निर्बाचित
उपाध्यक्षमा भुपध्वज बस्नेत,सचिवमा तेन्जी शेर्पा,उप–सचिवद्वयमा देवचन्द्र राई र निरूता बस्नेत चयन भएको निर्बाचन समितिले जनाएको छ।
पार्टी केन्द्रीय सदस्य एवं पार्टीका सोलुखुम्बु जिल्ला इन्चार्ज किशोर अधिकारीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा कोशी प्रदेशका पुर्वराज्यमन्त्री एबम् प्रदेश कमिटी सदस्य उत्तमकुमार बस्नेत,प्रदेश कमिटी सदस्य एबम संघीय इन्चार्ज महेश किराँती,जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

