८ बर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ४४ बर्षीय पुरुष पक्राउ



दाङ।दाङमा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। ८ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१७ गैरागाउँस्थित ग्रिल उद्योगमा काम गरी बस्ने भारत उत्तर प्रदेश बलरामपुर घर भएका ४४ वर्षीया दिननाथलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दिननाथले ती बालिकालाई सोही ग्रिल उद्योगमा सोमबार बेलुकी मोबाइल देखाउने बहानामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा आवश्यक अनुसन्धान भइ रहेको जनाइएको छ। (सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्