पक्की पुल निर्माणको क्रममा फर्मा पल्टिएर सिन्धुलीमा कामदार घाइते



सिन्धुली।सिन्धुलीको हरिपुरगढीमा पक्की पुल निर्माणमा संलग्न मजदुर घाइते भएका छन्।

गाउँपालिकाको वडा नं ७ स्थित क्यानखोला क्वाटरमा गाडी चल्ने पक्की पुल निर्माणका क्रममा पुलको फर्मा पल्टिएर मंगलबार कामदारहरु घाइते भएका हुन्। उनीहरूलाई उपचारका लागि नारायणी अस्पताल बिरगंन्ज पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।उनीहरूको उपचारका लागि ठेकेदारसंग समन्वय भई रहेको बताइएको छ।

घाइते हुनेहरूमा पर्सा बहुदमाही ३३ का मनोज महतो
बिनोद महतो,अमलदेव महतो,जिल्ला सिन्धुली हरिहरपुरगढीका मदन घलान घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्