गोदावरी नगरप्रमुख महतबिरुद्ध अख्तियारले दायर गर्यो भ्रष्टाचार मुद्दा
काठमाडौ।ललितपुरको गोदावारी नगरपालिका प्रमुख गजेन्द्र महर्जनबिरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। आज (सोमबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

नदीजन्य पदार्थ ढुङ्गा,गिटी बालुवालगायतको सरकारी दर रेट कम कायम गरी ठेक्का दिएको र राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोग उनीमाथि छ।सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको खण्डमा सो मुद्दाको अन्तिम किनारा नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था रहेको छ ।
मेयर महर्जनसहित १४ जनाविरुद्ध आज अख्तियारले विशेष अदालतमा एक अर्बभन्दा धेरै विगो माग दाबी गर्दैै मुद्दा दायर गरेको गरेको छ । उनीहरुविरुद्ध विभिन्न ५ वटा मुद्दा दायर भएको हो । अब सो मुद्दाको अन्तिम किनारा नहुन्जेलसम्म मेयर महर्जन निलम्बनमा रहने छन्।

