सशस्त्र प्रहरी विशेष अदालतका नवनियुक्त अध्यक्षलाई स्वागत,निवर्तमानलाई बिदाई



काठमाडौं।सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नवनियुक्त सशस्त्र प्रहरी विशेष अदालतको अध्यक्ष एवं सदस्यलाई स्वागत र अध्यक्षका रुपमा कार्यकाल सम्पन्न गरि अवकाश प्राप्त गर्नुभएका विशिष्ट व्यक्तिहरुलाई बिदाई गर्नुभएको छ ।

प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी विशेष अदालतको अध्यक्षका रुपमा यहि बैशाख १८ गते नियुक्त हुनुभएका नायव महान्यायाधिवक्ता डा.टेक बहादुर घिमिरे र सदस्यका रुपमा नियुक्त हुनुभएका गृह मन्त्रालयका सहसचिव झक्कुप्रसाद आचार्यलाई स्वागत गर्नुभएको हो।

यसैगरी वहाँले सशस्त्र प्रहरी विशेष अदालतको अध्यक्षको रुपमा २०८० साल बैशाख २४ गते देखि २०८१ बैशाख १३ गते सम्म आफ्नो जिम्मेवारी निर्वाह गरी अवकाश प्राप्त हुनुभएका पूर्व नायव महान्यायाधिवक्ता कोईरालालाई महानिरीक्षक अर्यालले विशेष धन्यवादसहित मायाको चिनो प्रदान गर्नुभएको थियो ।

उहाँको कार्यकालमा सशस्त्र प्रहरी बल,नेपालसँग सम्बन्धित विभिन्न मुद्धाहरुको नजिर संग्रह हाल प्रकाशनको तयारीमा समेत रहेको छ ।कार्यक्रममा गृहमन्त्रालयका सहसचिव, सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्