सिक्किम आईपुग्यो मनसुन,केही दिनमै नेपाल भित्रिने



काठमाडौं । काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भइरहेको छ ।

उपत्यकाभन्दा बाहिर देशका विभिन्न ठाउँमा पनि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम प्रणाली ‘मनसुन’ नेपाल भित्रिन लागेकोले वर्षा भएको हो ।

विभागले मनसुन भारतको सिक्किममा आइपुगेको र केही दिनभित्र पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गर्ने जनाएको छ । यस वर्षको मनसुन भारतको उत्तर-पूर्व, बंगलादेश,भुटान हुँदै आज सिक्किमसम्म आइपुगेको हो ।

प्रतिक्रिया दिनुहोस्