जुवातास खेलिरहेको अवस्थामा चौताराबाट ९ जना पक्राउ



सिन्धुपाल्चोक।चौतारा साँगाचोकगढी नगरपालिका-५ धाउचेत बस्ने दावा तामाङको घरमा जुवातास खेलिरहेक अवस्थामा तामाङ समेत ९ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ३ स ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्