लोकल मदिरालाई ब्राण्डिङ गरी करको दायरामा ल्याउनुपर्छ : बागमती प्रदेशसभा सदस्य श्रेष्ठले



सन्जीब दुलाल,भक्तपुर । बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले लोकल मदिरालाई ब्राण्डिङ गरी करको दायरामा ल्याउनु पर्ने बताउनुभएको छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै श्रेष्ठले लोकल मदिरालाई ब्राण्डिङ गर्दै पर्यटनलाई प्राथमिकता दिन सके प्रदेशको आम्दानीको श्रोत बढ्ने बताउनुभएको थियो । 

उहाँले प्रदेशको आम्दानीको श्रोत दिन प्रतिदिन घट्दो रहेको छ तर हामीले बजेटमा उत्पादनलाई प्राथमिकता दिन नसक्दा जनताहरूले सङ्घीयता माथि नै प्रश्न चिन्ह खडा गरिरहेको बताउनुभयो।

प्रदेशको आम्दानीको श्रोत भनेको पर्यटन क्षेत्र र घरेलु उत्पादन नै प्रमुख हो । पर्यटन क्षेत्रको विकास बिना अबको आर्थिक रूपान्तरणको पाटो सबल बन्न सक्ने अवस्था देखिँदैन तर पनि बागमती प्रदेश भित्रका सम्पदाको अवस्था बेहाल छ। यिनको संरक्षण र प्रर्वदन गरी आर्थिक रूपान्तरणमा भूमिका निर्वाह गर्न बागमती प्रदेशसभाको भूमिका अझै मजबुत हुनु पर्छ , श्रेष्ठले भन्नुभयो। 

 प्रदेश भित्र नेपालका दश विश्व सम्पदा क्षेत्र मध्य ८ वटा यसै प्रदेशमा पर्दछ । भक्तपुरकै गौरवका पुरातात्त्विक सम्पदाहरू भक्तपुर दरबार स्क्वायर, न्यातपोल, चाँगुनारायण मन्दिर, नगरकोट, त्रिशुलडाँडा, बौद्ध धर्मको सबै भन्दा पवित्र स्थान मिलारेप्पा अर्थात् महामञ्जुश्री , नगरकोटको रत्नचुडेश्वर महादेव पोखरी, ताथलीको गढी, भक्तपुरका विभिन्न स्थानमा रहेका चट्टान अभिलेखहरू, ध्याम्पेडाँडा, धार्मिक पर्यटकीय स्थान सूर्यविनायक मन्दिर, डोलेश्वर मन्दिर,  लगायत भक्तपुरका दुई दर्जन भन्दा बढी प्राकृतिक तथा पुरातात्त्विक स्थानहरूको प्रचार प्रसारका अभाव रहेको उहाँको भनाई थियो ।  उक्त स्थानहरूको प्रचार प्रसार तथा सामान्य भौतिक संरचनाहरूको निर्माण गर्न सके प्रदेशको गौरवको धार्मिक तथा अन्य पर्यटनको विकास गर्न सकिन्थ्यो जुन प्रदेशको आम्दानीको श्रोत नै हो । यस्तै प्रदेश भित्रका अन्य धार्मिक एवं सांस्कृतिक स्थानहरूको अध्ययन गरी प्रचार प्रसारमा जोड दिनु पर्ने बताउनुभयो।

यसका साथै घरेलु उत्पादनलाई पर्यटन सँग जोड्न विभिन्न कार्यक्रम ल्याउनु पर्ने आवश्यक रहेको उहाँले बताउनुभएको थियो  । प्रदेश भित्र विभिन्न जनजातीहरुकोले उत्पादन गर्दै आएको घरेलु मदिरा उत्कृष्ट मदिरामा पर्ने गरेको छ । विदेशी मदिरालाई रोक लागाई प्रदेश भित्रका आदिवासी जनजातिले उत्पादन गर्दै आएका मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउन सके प्रदेशको आम्दानीको ठुलो श्रोत बढाउन सकिन्छ । लोकल मदिरालाई ब्राण्डीङ गर्न आवश्यक कानुन बनाई कार्यान्वयनमा ल्याउन सरकार समक्ष उहाँले ध्यानाकर्षण गराउनु भएको थियो । उहाँले जस मार्फत यहाँका आदिवासी जनजातिहरूको जीवनस्तर उकास्न ठुलो टेवा पुग्ने तथा प्रदेशको आम्दानीको दायरा समेत बढ्ने देखिन्छ  तर हाल सम्म सरकारको ध्यान यसमा पर्न नसक्नु अचम्मको विषय भएको बताउनुभएको थियो ।  

प्रदेशको अर्को उत्पादनको क्षेत्र भनेको कृषि तथा पशुपालन हो जसमा पनि भक्तपुर परापूर्व काल देखि तरकारी तथा अन्न उत्पादनको क्षेत्रमा अग्रिण स्थान ओगट्दै आएको छ । तर लामो समय देखि किसानलाई अति आवश्यक रहेको मल, र गुणस्तरीय बिउ विजन समयमा उपलब्ध नहुँदा उत्पादकत्व घट्दो रहेको छ जसको प्रत्यक्ष प्रभाव उक्त स्थानका किसानको आम्दानीका परेको उहाँले बताउनुभयो । श्रेष्ठले बिउ विजन तथा मल खाद सहज र सरल रुपामा उपल्व्ध गराउन सरकारलाई ध्यानाकर्षण गराउनु भएको थियो । प्रदेशमा एउटा गाई, भैँसी पालेर जीविकोपार्जन गर्ने किसान पनि यस प्रदेशमा धेरै रहेका बताउँदै अघिल्लो वर्ष देशै भरी महामारीका रूपमा रहेको लम्की स्किन र अन्य सरुवा रोगका कारण भएका चौपाया पनि मरे किसानले पशु बिमाको रकम सम्म पाउन सकेन बागमती सरकार किसानको मर्म बुझ्न भन्दा बेखवर भएर बस्यो किसान भारतमा जस्तै आत्महत्या गर्ने अवस्थामा पुग्दा समेत सरकार बेखवर छ अव आगामी दिनमा त्यस्तो समस्या आउन नदिन र पूर्व तयारी अवस्थामा रहन र किसानको पक्षमा उभिन सरकार तयार भएर बस्नु पर्नेमा उहाँको धारणा थियो । 

प्रतिक्रिया दिनुहोस्