प्रहरीको उमेरहद अध्ययन गर्न गृहले बनायो कार्यदल



काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेरहदसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

बुधबारको उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयअनुसार सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डीआईजी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्यसचिव छन् ।

जेठ १५ गतेको बजेट भाषणमा पनि अर्थमन्त्री वर्षमान पुनले सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्