गणतन्त्र घोषणा भएको १६ बर्ष पूरा



काठमाडौं।नेपालमा राजसंस्थाको अन्त्य गर्दै गणतन्त्र स्थापना भएको १६ बर्ष पूरा भएको छ।

भारतको राजधानी नयाँ दिल्लीमा सशस्त्र युद्धरत नेकपा माओवादी र संसदबादी सात राजनीतिक दलबीच भएको बार्‍हबुंदे सम्झौताको जगमा भएको २०६२/०६३ को आन्दोलनको माग बमोजिम तत्कालीन राजा ज्ञानेन्द्रले २०६३ वैशाख ११ गते पुनस्थापित गरिदिएको प्रतिनिधिसभाबाट गठित सरकारले गराएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो।

यसै अवसरमा अवसरमा मङ्गलवार राष्ट्रिय दिवस मनाइँदैछ ।समितिको सदस्यमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, ललितपुर महानगरका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्