सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । कान्तिपुरका मालिक कैलाश सिरोहियालाई अनुसन्धानका लागि थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

धनुषा जिल्ला अदालतका न्यायाधीश यदुराज शर्माको इजलासले नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न सोमबार अनुमति दिएको हो। उनलाई तेस्रो पटक म्याद थपका लागि आज धनुषा जिल्ला अदालत एम्बुलेन्समा लगिएको थियो ।
सात दिन अघि पक्राउ परेका उनलाई हिरासतमा राख्न म्याद थप गरेको यो तेस्रो पटक हो।अदालतले पहिलो पटक र दोस्रो पटक ३-३ दिनको म्याद अनुसन्धानका लागि प्रहरीलाई दिएको थियो । दोस्रो पटक म्याद थपेकै दिन सिरोहिया अस्पताल भर्ना भएका थिए ।
उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएपछि प्रहरीले सिरोहियालाई प्रादेशिक अस्पताल लगिएको थियो । तर त्यहाँबाट रेफर गराएर उनी काव्या अस्पतालमा उपचाररत छन् ।

