कांग्रेस नेता कार्कीको पहलमा नेचासल्यान स्वास्थ्य केन्द्रलाई एम्बुलेन्सको ब्यबस्था
सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाको वडा नं २ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्सको ब्यबस्था हुने भएको छ।

नेपाली कांग्रेस सोलुखुम्बुका नेता समेत रहेका समाजसेवी प्रकाशसिं कार्कीको बिशेष पहलमा साउथ एसिया फाउन्डेसन नेपालले सो एम्बुलेन्स उपलब्ध गराएको हो।प्राथमिक स्वास्थ्य केन्द्र सल्यानका नाममा उपलब्ध गराईएको सो एम्बुलेन्स फाउन्डेसनका प्रतिनिधिले सोमबार नेता कार्की र स्वास्थ्य केन्द्रका प्रतिनिधि दिनराज बास्तोलालाई हस्तान्तरण गर्नुभएको छ।
स्वास्थ्य केन्द्रले एम्बुलेन्स दर्ता लगायतका काम सम्पन्न गर्नका लागि नेबिसंघका केन्द्रीय सदस्य समेत रहेका बास्तोलालाई प्रतिनिधिका रूपमा खटाएको बताइएको छ।फाउन्डेसनले हस्तान्तरण गरेको एम्बुलेन्स केहि दिनपछि नेता कार्कीले स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गर्ने बास्तोलाले बताउनुभयो।
नेचासल्यान गाउँपालिकाका उपलब्ध भएको यो एकमात्र एम्बुलेन्स हो।बाक्लो जनघनत्व भएको गाउँ भएर पनि एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पताल पुर्याउन निकै कठिनाई भएको देखेर आफुले एम्बुलेन्सका लागि पहल गरेको नेता कार्कीले बताउनुभयो।एम्बुलेन्सको ब्यबस्था भएपछि बिरामीलाई अस्पतालसम्म पुर्याउन थोरै भए पनि सहज हुने बिश्वास वहाँले व्यक्त गर्नुभयो।

