पहिरोमा पुरिएर स्काभेटर चालकको मृत्यु
काठमाडौं।ईच्छाकामना गाउँपालिका-५ मुग्लिङ नारायणगढ सडक खण्डको तीन नम्बर पुलमा बा.२ क ८६५१ नम्बरको स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ।

पुलको लागि पहाड काट्ने क्रममा माथिबाट ढुङ्गा सहितको पहिरो खसेर चालक सहित स्काभेटर पुरिंदा बर्दिया गेड्डुवा गाउँपालिका-४ बस्ने ३८ वर्षीय मंगल चौधरीको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते अवस्थामा उद्दार गरी उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएका चालक चौधरीको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ।
स्काभेटर पूर्णरूपमा क्षति भएको र सोही स्थानमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ना. ६ ख १५११ नम्बरको ट्रकमा समेत सामान्य क्षति भएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

