सोलु-काठमाडौ सम्पर्क मञ्चद्वारा नवनिर्बाचित सोलुखुम्बु जिल्ला कमिटीका पदाधिकारीलाई सम्मान



काठमाडौं।नेकपा एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चले जिल्ला कमिटी सोलुखुम्बुका नव निर्बाचित पदाधिकारीहरुलाई बधाईसहित सम्मानित गरेको छ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा शनिबार काठमाडौंको गोकर्णमा आयोजित बनभोज तथा बधाई कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका पदाधिकारीहरुलाई बधाईपत्रसहित सम्मानित गरिएको सम्पर्क मञ्चका महिला उपसचिव गिता ढकाल कटेलले जानकारी दिनुभयो।

कार्यक्रममा अध्यक्ष डुफकुमार बास्तोला,उपाध्यक्ष आशकुमार राई ‘शिशिर’,सचिब कल्पना राई र उपसचिव मोहन कुमारी कार्कीलाई प्रमुख अतिथि पोखरेलले सम्पर्क मञ्चको तर्फबाट बधाई पत्र प्रदान गर्नुभएको थियो।उपसचिव मिङमारछिरी शेर्पाको भने कार्यक्रममा उपस्थिति थिएन।

नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको ८ औं जिल्ला अधिबेशनले बैशाख २६ गते नयाँ कमिटी निर्बाचित गरेको थियो।अधिबेशनबाट उपाध्यक्ष,सचिब र एक जना उपसचिव नयाँ निर्बाचित गरेको थियो भने अध्यक्ष बास्तोलाको भने यो तेस्रो कार्यकाल हो।

बनभोज तथा बधाई कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य किशोर कुमार अधिकारी,केन्द्रीय सदस्य एबम् सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य मानबीर राई,कोशी प्रदेशका पूर्बमन्त्री एबम् प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी,कोशी प्रदेश कमिटी सदस्य एबम् संघीय इन्चार्ज महेश किरांती र कोशी प्रदेश कमिटी सदस्य एबम् पूर्बराज्यमन्त्री उत्तमकुमार बस्नेत सम्पर्क समन्य कमिटीका सचिब इन्द्र भण्डारी र सदस्य रन्जना घिमिरे र कोशी प्रदेश सम्पर्क मन्चका अध्यक्ष नवराज घिमिरे लगायतका नेताहरू उपस्थित थिए।

सोही कार्यक्रममा सोताङ-काठमाडौसम्पर्क मञ्चको घोषणा समेत गरिएको थियो।जिल्ला कमिटी सदस्य प्रकाश कार्कीका अनुसार शुक्रबार गठित गाउँपालिका सम्पर्क मञ्चको अध्यक्षमा अनिश बस्नेत
उपाध्यक्षद्वयमा मिलन बस्नेत र बल बहादुर खालिङ,सचिबमा भोला तिवारी,उपसचिवद्वयमा पार्बता बास्तोला र रोशन कार्की र कोषाध्यक्षमा पुष्पा राई सर्वसम्मत निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्