प्रतिपक्षी सांसदहरुको अवरोधका बीच प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश



काठमाडौं।नेपाली कांग्रेस लगायत प्रतिपक्षी सांसदहरूले आज पनि संसद अवरोध गरेका छन् ।आइतबार मध्यान्न १२ बजे बसेको प्रतिनिधि सभा बैठक कांग्रेसले नाराबाजी गर्दै वेल घेराउ गरेको हो ।

बैठकको सुरुमा आकस्मिक समयमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्न समय दिएपछि सभामुखले अर्थमन्त्री वर्षमान पुनलाई आर्थिक वर्ष २०८०–०८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा २०८१ पेश गर्न समय दिएपछि कांग्रेसले नारावाजी गर्दैै वेल घेराउ गरेको हो ।

प्रतिपक्षी दलहरूको वेल घेराउकाबीच आजको कार्यसूचीमा हेरफेर गर्दै सभामुख देवराज घिमिरेले अर्थमन्त्रीलाई समय दिएपछि उनले सर्भेक्षण पेस गरेका हुन् ।अर्थमन्त्री पुनले सरकारको आगामी आवको राजश्व र व्ययको अनुमान पेश गर्नुअघि आर्थिक सर्भेक्षण पेस गरेका हुन् । सर्भेक्षणमा उनले गत आवको पूरा अवधि र चालु आवको ८ महिनासम्मको संघ प्रदेश र स्थानीय तहको क्षेत्रगत विकास र सुशासनको अवस्था विश्लेषण गरेका हुन्।उनलाई मर्यादापालकले स्कर्टिङ गर्दै रोस्टममा पुर्‍याएका थिए।file foto

प्रतिक्रिया दिनुहोस्