पाँच महिने छोराको हत्या गरी फरार महिला पक्राउ



पर्सा।आफनै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

आरतीले २०८० साउन २७ गते बिहान घरमा कोही नभएको बेला छोरालाई घाटी थिची हत्या गरी फरार भई भारत पूर्वी चम्पारण थाना रक्सौल पोष्ट सिहपुर हरैयाग्राम एकडर्वा टोलमा बस्दै आएकोमा हाल पर्सा वीरगंजमा घुमफिर गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१३ बाट पक्राउ गरेको हो ।

जिल्ला अदालत पर्साबाट २०८० कात्तिक १९ गते आरती कुमारी भएको ज्यान सम्बन्धी मद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।यस सम्बन्धमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।

उता,धनुषाधाम नगरपालिका-९ क्वाटर टोल बस्ने लालबाबु कापरकी छोरी १२ वर्षीया ललिता कुमारी कापरको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय प्रेम बहादुर तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ललिताले आफ्नै फुपुको बारीमा फोहोरको थुप्रोमा आगो बालेको विषयमा प्रेम बहादुरले बैशाख २७ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी ललिताको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय यज्ञभूमिबाट खटिएको प्रहरीले प्रेम बहादुरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्