बिभिन्न जिम्मेवारी तोक्दै नेकपा एमाले सोलुखुम्बुको दोश्रो बैठक सम्पन्न



काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सोलुखुम्बुको दोश्रो पुर्ण बैठक जिम्मेवारी बाँडफाँड सहित पालिका स्तरिय अधिवेशनको मिति तय गर्दै सम्पन्न भएको छ । पार्टी कार्यालय,सल्लेरीमा बसेको बैठले बिभागिय, जनसंगठन, भुगोल लगायतका जिम्मेवारी टुङ्ग्याएको हो ।

बैठकले पार्टी स्कुल बिभाग प्रमुखमा जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला, संगठन बिभागमा आशकुमार राई शिशिर, बित्त तथा कोष ब्यवस्थापन बिभागमा कल्पना राई, प्रचार तथा प्रकाशन बिभागमा नुतन श्रेष्ठ, निर्वाचन बिभागमा मोहनकुमार कार्की, स्थानिय तह परिचालन बिभागमा बुद्धिकिरण राई तथा सहकारी तथा गरिबी निवारण बिभागमा दोमराज बास्तोलालाई प्रमुखको जिम्मेवारी तोकेको छ ।

उता सोलुखुम्बु जिल्लाको ८ वटा पालिका तर्फ पालिका कमिटी तथा वडा कमिटी ईन्चार्जको समेत जिम्मेवारी बाँडफाँड भएको छ । बैठकले सोलुदुधकुण्ड नगरपालिकामा बीरउदाश श्रेष्ठ, नेचासल्यान गाउँपालिकामा बालकुमार भट्टराई, थुलुङदुधकोशी गाउँपालिकामा आङबाबु राई, सोताङ गाउँपालिकामा प्रकाश कार्की, महाकुलुङ गाउँपालिकामा शक्ति कुलुङ, खुम्बुपासाङल्हामु गाउँपालिकामा ल्हाक्पा ग्याल्जेन शेर्पा तथा लिखुपिके गाउँपालिकामा प्रेमकुमार बस्नेतलाई ईन्चार्जको जिम्मा दिईएको छ ।

बैठकले जनसंगठन समन्वय संयन्त्र तर्फ राष्ट्रिय युवा संघ ईन्चार्ज प्रबेश किराँती, अनेरास्ववियू ईन्चार्ज बुद्धिकिरण राई, अनेम संघ ईन्चार्ज बुद्धलक्ष्मी राई, जनसाँस्कृतिक महासंघ साजन राई, बुद्धिजिवी परिषद् मानबहादुर कार्की, मानव अधिकार एलायसन्स भक्त कुलुङ लगायतलाई तोकेको छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य एवं सोलुखुम्बु जिल्ला ईन्चार्ज किशोर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले जेष्ठ महिनाभित्र सम्पुर्ण पालिकाको पालिका स्तरिय अधिवेसन सम्पन्न गर्ने गरी मिति समेत तोकेको छ । बैठकले नेचा सल्यान गाउँपालिकामा जेष्ठ ५ गते, लिखुपिके गाउँपालिकामा जेष्ठ ३० गते, माप्यदुधकोशी गाउँपालिकामा जेष्ठ जेष्ठ २१ गते, थुलुङ्ग दुधकोशी गाउँपालिकामा जेष्ठ २४ गते, सोताङ गाउँपालिकामा जेष्ठ २७ गते, महाकुलुङ गाउँपालिकामा जेष्ठ २६ गते, खुम्बुपासाङल्हामु गाउँपालिकामा जेष्ठ ३२ गते तथा सोलुदुधकुण्ड नगरपालिकामा जेष्ठ २५ गते अधिवेशन गर्ने निर्णय गरेको छ ।

पार्टी संगठन सुदृढिकरण गर्दै अगाडी बढ्न नेकपा एमाले सोलुखुम्बुको जिल्ला कमिटी बैठकले बार्षिक कार्ययोजना समेत निर्माण गरी सोही तालिकाअनुसार पार्टीका कार्यक्रम अगाडी बढ्ने अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्