कांग्रेसको नाराबाजीपछि ३ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं।सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी सुरु गरेपछि प्रतिनिधिसभाको बैठक जेठ ३ गतेसम्मका लागि स्थगित भएको छ।

मंगलवार साँझ बसेको प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले बैठक शुरू भएको घोषणा गर्ना साथजेठ कांग्रेस सांसद बेल घेर्न गएका थिए । कांग्रेस सांसदले ‘सहकारी पीडितलाई न्याय दे’ भन्दै नाराबाजी गरेका थिए ।
मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रस्तुत गरेको सरकारका नीति तथा कार्यक्रमको प्रति टेबुल गर्ने कार्यसूची थियो ।कांग्रेसले सोही माग राखेर राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको थियो।

