कोशी प्रदेशका मुख्यमन्त्रीले पाए,बिश्वासको मत,पक्षमा ५७, विपक्षमा शून्य
बिराटनगर।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्।सोमबारको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत पाएका हुन्। कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत तटस्थमा परेको छ।

आजको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बहिष्कार गरेको थियो। ९३ सदस्यीय प्रदेश सभामा आज ६२ सांसद उपस्थित थिए।
कार्की प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो मुख्यमन्त्री हुन् । उनी गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

