पञ्चनका आगलागी पीडितलाई तीन लाख बढी आर्थिक सहयोग हस्तान्तरण
सोलुखुम्बु।नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा तरुण दलका केन्द्रीय सदस्य नवीन थापाको अगुवाईमा सुरु अभियानबाट संकलन गरिएको ३ लाख ३ हजार ६४२ रुपैयाँ थुलुङ दुधकोशी वडा नं ३ पञ्चनका अग्नि पीडितहरुलाई हस्तान्तरण गरिएको छ।

अभियानबाट संकलित सो रकम सोमबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पा तथा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण निरौलाले घटनास्थलमै पुगि आगलागी पीडित परिवारलाई हस्तान्तरण गरेको थापाले जानकारी दिए।थापाका अनुसार क्षतिको प्रकृति हेरी पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
पूर्ण बहादुर अधिकारी,हस्तमाया राई राई ,वडी सब्वा राईलाई जनही ५५ हजार, बुद्धिमाया (भुप) सार्की,निशान राई,(परम) दिल कुमार राई र पारशमणि राईको परिवारलाई जनही २५ हजार,कालेबहादुर अधिकारीलाई १० हजार,सेतीदेवी कार्की,बद्री बहादुर कार्की,लाखधन राई र बसन्त राईलाई जनही ५ हजार तथा सनबहादुर सार्की र हिरा बहादुर बिश्वकर्मालाई जनही ४ हजार रुपैयाँ उपलब्ध गराईएको थापाले बताए।
केन्द्रीय सदस्य थापासहित सुदेन थुलुङ, कैलाश केसी, आश्विन बाबु थापा, केदार सिंह गुरुङ,तरुगीता गुरुङ लगायतले बैशाख २० गतेबाट सुरु गरिएको अभियानमा देश तथा विदेशका सहयोगीहरूले आर्थिक सहयोग गरेका छन । गत १९ गते स्थानीय सामुदायिक वनबाट सुरु भएको डढेलोले थुलुङ दुधकोसी गाउँपालिका वडा नम्बर ३ पञ्चनका ९ घरसहित गोठ तथा मतान जलेका थिए ।


