थुलुङ दुधकोशीमा कांग्रेसको संगठन सुदृढीकरण आन्तरिक अभियान सम्पन्न



सोलुखुम्बु।नेपाली कांग्रेसले जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा संगठन सुदृढीकरण आन्तरिक अभियान सम्पन्न गरेको छ।

केन्द्रीय कार्य सम्पादन समिति सदस्य बलबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम नेपाली कांग्रेस प्रदेश निर्बाचन क्षेत्र क को समन्वय तथा थुलुङ दुधकोधी गाउँपालिका समितिको आयोजनामा आइतबार सम्पन्न भएको हो।सो कार्यक्रममा नेपाली कांग्रेसलाई सशक्त र सुदृढ बनाउनका लागि अपनाउनु पर्ने रणनीति र नेता कार्यकर्ताहरुको भूमिकाका सन्दर्भमा छलफल भएको नेपाली कांग्रेसका युवा नेता तथा तरुण दलका केन्द्रीय सदस्य नवीन थापाले जानकारी दिए।

विशिष्ट अतिथि पार्टी केन्द्रीय सदस्य आङगेलु शेर्पा,जिल्ला कार्यसमितिका सभापति नाम्गेल जाङ्बु शेर्पा,पूर्ब सभापति बिनोद बस्नेत,प्रदेश निर्बाचन क्षेत्र क का सभापति धञ्जन राई लगायतका नेतासहित थुलुङ दुधकोशी गाउँपालिका समितिका पदाधिकारी,वडा सभापति तथा सचिब र भातृसंस्थाका प्रमुख तथा अध्यक्षहरुले कार्यक्रममा पार्टीको बर्तमान सांगठनिक अवस्था र आगामी दिनमा खेल्नुपर्ने भुमिकाका बिषयमा आ-आफ्नो धारणा राखेका थिए।

आपसी द्वन्द्व र तिक्तताका कारण जिल्लामा पार्टीको अवस्था कमजोर बनेको बताउंँदै कार्यक्रममा बोल्ने नेता तथा कार्यकर्ताहरुले कार्यकर्ताहरुको मनोबल उच्च बनाउंदै संगठन सुदृढ गर्न नेता कार्यकर्ताहरु एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको धारणा व्यक्त गरेको थापाको भनाई थियो।

शुक्रबार महाकुलुङबाट सुरु भएर शनिबार सोताङ, आइतबार थुलुङ दुधकोशीमा सम्पन्न भएको यो अभियान भोलि नेचासल्यान गाउँपालिकामा आयोजना हुने थापाले बताए।

प्रतिक्रिया दिनुहोस्